Loktantra Khabar National Weekly
Ad

विभिन्न मुद्दामा फरार २५ जना प्रतिवादी पक्राउ

लोकतन्त्र खबर
१६ बैशाख २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,बैशाख १६

सर्लाही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद फैसला भई फरार रहेका विभिन्न मुद्दाको २५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी लगायत मातहतका कार्यालयबाट खटिएका प्रहरी टोलीले बैशाख १२ गते १९ जना र बैशाख १३ गते ६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि सर्लाही जिल्ला अदालतमा बुझाएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार बैशाख १२ गते पक्राउ पर्नेहरुमा जिल्लाको पर्सा गाउँपालिका वडा न-६ बस्ने जगरनाथ राय यादव,सोही ठाउँ बस्ने रामबृक्ष राय, जयनारायण राय यादव, रामनन्दन राय, सिता देवी राय,जितेन्द्र राय, पिंकु कुमारी,अनिता कुमारी, रुबि कुमारी, सुकमरिया देवी रहेका छन् ।त्यस्तै जिल्लाकै सिमरा-६ बस्ने बिश्वनाथ राय (पप्पु राय),अनिल राय, राजाराम राय , सिसौटिया-३ बस्ने भिखारी राय यादव, हरिपुर्वा-६ बस्ने शुशिल कुमार राय, सुरेन्द्र राय भन्ने रबिन कुमार राय,नरेश राय ,हरिपुर न.पा-५ बस्ने मन्सुर कईमुन र मलंगवा न.पा वडा न-१२ बस्ने लिलमदेवी पासवान रहेका छन् ।

त्यस्तै बैशाख १३ गते पक्राउ पर्नेहरूमा बिष्णु गाउँपालिका वडा न-८ बस्ने रामनाथ राय यादव, लालबाबु राय यादव, हजरिया-९ बस्ने राम हृदय महतो,हरिपुर न.पा-६ बस्ने सुमन मंसुर,सोही पालिकाको वडा न-५ बस्ने भिखारी मिया मंसुर र कविलासी न.पा-१० बस्ने संजिव राय रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्: