Loktantra Khabar National Weekly
Ad

असईको हातबाट पड्कियो पेस्तोल, इञ्चार्ज निलम्बनमा ! प्रहरी जवान घाइते

लोकतन्त्र खबर
१२ बैशाख २०८१

बझाङ । बझाङमा हतियार चेकजाँच गर्दा असईको हातबाट पेस्तोल पड्किएको छ ।

जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार वडा प्रहरी कार्यालयका इञ्चार्ज तथा असई मोहनसिंह रावलले पेस्तोल पड्काएका हुन् ।

बझाङमा भइरहेको प्रदेश सभा सदस्यको उपनिर्वाचनको सुरक्षा व्यवस्थाको तयारी गर्ने क्रममा सोमवार असई रावलले हतियार चेकजाँच गर्दैगर्दा पड्किएको थियो ।

एक प्रहरी जवानलाई चोट लागेको छ । बन्दुकबाट निस्केको गोली उछिट्टिएर लाग्द जवान पुदल सिंह रानालाई चोट लागेको हो ।

उनको खुट्टामा चोट लागेको छ ।अहिले असई रावललाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ ।

बझाङमा बैशाख १५ गते उपनिर्वाचन हुँदै छ । शोध खबर

 

प्रतिक्रिया दिनुहोस्: