Loktantra Khabar National Weekly
Ad

फागुनयता १६ प्रहरी गैरहाजिर, सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन

लोकतन्त्र खबर
१० बैशाख २०८१

प्रहरी प्रधान कार्यालयले फागुन महिनायता आफूखुशी गैरहाजिर रहेका १६ जना प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ।

सोमबार सूचना प्रकाशित गरी कार्यालयले सम्पर्कमा नरहेका १६ जना प्रहरीको नाम र दरबन्दी सार्वजनिक गरेको हो।

गैरहाजिर रहेका प्रहरीमा प्राविधिक प्रहरी नायब निरीक्षक, दुई जना प्रहरी सहायक हवलदार, प्रहरी जवान र कार्यालय सहयोगी छन्।

उनीहरूमध्ये केही फागुनको सुरूदेखि र केही अन्तिमदेखि गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएकाले सार्वजनिक सूचना प्रकाशन गरिएको कार्यालयले जनाएको छ।

उनीहरूलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन भनिएको छ।

अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कारबाही हुने चेतावनी कार्यालयले दिएको छ।  सेतोपाटी

सूचनाः

prahari-samparkabihin-1713755886.jpg

प्रतिक्रिया दिनुहोस्: