
लोकतन्त्र समाचारदाता—
सर्लाही,बैशाख ६
सर्लाही प्रहरीले जिल्लाभर विभिन्न अपराधमा संलग्न भई फरार रहेका ९ जना फरार अपराधिहरुलाई एक दिनमै पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय लगायत मातहतका कार्यालयबाट खटिएका प्रहरी टोलीले विगत विभिन्न मितिमा बिभिन्न मुद्दामा फरार भई लुकेर बस्दै आएका ९ जना फरार प्रतिवादीहरुलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका प्रतिवादीहरुमा सर्लाहीको रामनगर गाउँपालिका वडा न-७ सिसौट बस्ने नागेन्द्र प्रसाद साह ,सोही ठाउँ बस्ने राम लक्षण बैठा, जुक्ति बैठा, रामबाबु दास , बिरेन्द्र भन्ने धिरेन्द्र दास तत्मा, शिव चन्द्र साह,सजन साह , राम प्रवेश ठाकुर लोहार र गोडैता नगरपालिका वडा न-३ बस्ने रामनाथ ठाकुर रहेका छन् ।
पक्राउ परेका सबै प्रतिवादीहरुलाई आवश्यक कारवाहीको लागि सर्लाही जिल्ला अदालतमा बुझाएको जिप्रका सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जनाएको छ।