Loktantra Khabar National Weekly
Ad

नेपाल-भारत सिमा अन्तर्गत मलंगवा स्थित दशगजामा १० दिवसीय महाविष्णु महायज्ञ हुने

लोकतन्त्र खबर
२० चैत्र २०८०

मनोज यादव—
सर्लाही,चैत्र २०

सर्लाहीको मलंगवा र भारतको सोनवर्षा स्थित हनुमान चौक नजिकैको दशगजामा श्री श्री एक हजार आठ श्री महाविष्णु महायज्ञ हुने भएको छ । चैत्र २७ गतेदेखि बैशाख ७ गतेसम्म महायज्ञ आयोजना हुने महायज्ञ मूल समारोह समितिले जानकारी गराएको छ ।

महायज्ञको कार्यतालिका अनुसार चैत्र २७ गते मंगलबार बिहान १० बजे साँस्कृतिक झाँकीसहित बाजागाजाका साथ विशाल कलश यात्र निकाली मलंगवा बजारको परिक्रमा गरिने छ।

कलश यात्रा पश्चात् सोही दिन दिउँसो १ बजे ऐतिहासिक धार्मिक महोत्सव एवं महायज्ञको समुद्घाटन गरिने छ।त्यसपछि चैत्र २८ गतेदे बुधबारदेखि महायज्ञ अवधिभर श्रीमद्भागवत कथा वाचन,रामलिला र रासलिलाको आयोजना हुने समितिले जानकारी गराएको छ।

यज्ञ स्थलमा अवलोकन तथा दर्शनको लागि भगवान विष्णुको बाउन्न अवतार र बजरंगबलीको मुर्ती तथा मण्डपहरु राखिएका छन् ।साथै मेलामा विभिन्न सर्कस,खेल तमासा र व्यापारीक स्टलहरु राखिएका छन् ।

उक्त महायज्ञ नेपाल भारत सिमामा पर्ने जिल्ला भन्सार कार्यालय र हनुमान चौक नजिकै लगाइएकोले दुबै देशका हजारौं मानिसहरु मेलामा सहभागी हुने अपेक्षा गरिएको समितिका अध्यक्ष धिरेन्द्र झाले बताए ।

नेपाल भारत सिमा क्षेत्रमा पहिलोपटक महाविष्णु महायज्ञको आयोजना हुन लागेको समितिका उपाध्यक्ष चन्दन सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्: