Loktantra Khabar National Weekly
Ad

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजाय थपियो

लोकतन्त्र खबर
१५ चैत्र २०८०

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ।

बंगलादेशको गृह मनत्रालयले बुधबार एक सूचना जारी गर्दै जेल सजाय थप गरिएको जनाएको छ।

मन्त्रालयले थप गरिएको अवधिमा खालेदा जियाले आफ्नो मुलुक छाड्न पाउने छैनन्।

मन्त्रालयले खालेदाले बंगलादेशमै स्वास्थ्योपचार गर्नु पर्ने पनि जनाएको छ।

सन् २०२० यता पूर्वप्रधानमन्त्री खालेदाको जेल सजाय थप गरिएको यो छैटौं पटक हो।

कोभिड महामारीको समयमा मानवीय कारण देखाउँदै बंगलादेश सरकारले सन् २०२० मार्चमा अस्थायी प्रयोजनका लागि जियालाई जेलमुक्त गरिदिएको थियो।

बंगलादेश नेशनलिस्ट पार्टीका अध्यक्षसमेत रहेकी पूर्वप्रधानमन्त्री जिया सन् २०१८ देखि जेलमा छिन्।

बंगलादेशको एक अदालतले उनीमाथि विदेशबाट प्राप्त सहायता रकम हिनामिना गरेको आरोपमा सात वर्षको जेल सजाय तोकेको थियो।

खालेदामाथिको जेल सजाय राजनीतिक प्रेरित रहेको विपक्षी दलले आरोप लगाउँदै आएको छ।  नेपालखबर

प्रतिक्रिया दिनुहोस्: