
लोकतन्त्र समाचारदाता—
सर्लाही,चैत्र १५
मधेस यातायात स्वतन्त्र मजदुर संघ सर्लाहीले नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको पहिलो बैठकले सरोज साहको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको बरिस्ठ उपाध्यक्षमा रामेश्वर चौधरी ,उपाध्यक्षमा नरेश राय, कोषाध्यक्षमा संतोष कुमार राउत,सचिवमा राम प्रवेश चौधरी ,सहसचिवमा उदय महतो चयन भएका छन् ।
त्यसैगरी सदस्यमा मनोज पटेल ,मुकेश राजपुत ,भोला कुमार साह,उमेश चौधरी ,सुबोध चौधरी र इजरायल नजाफ चयन भएको संघका कार्यालय प्रमुख अशोक कुमार चौधरीले जानकारी दिए।
मलंगवा नगरपालिका वडा नम्बर- ९ स्थित बसपार्कमा वडा नम्बर -९ का पुर्व वडाअध्यक्ष दिपलाल महतोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा यातायात मजदुरको हकहितका लागि सर्वसम्मतीबाट १४ बुँदे निर्णय समेत गरिएको छ।
संघले हिरासतमा रहेका चालकलाई प्रतिदिन २ सय रुपैयाँको दरले र २५ दिनपछि ५ हजार रुपैयाँ एकमुष्ट दिने,हातखुट्टा भाँचिएमा स्टिल ,प्लास्टर र औषधी समेतको लागि एकमुष्ट ५ हजार रुपैया दिने,साधारण चोटपटक लागेमा ५ सयदेखि २ हजार रुपैयाँ एकमुष्ट दिने,डिउटीको समयमा मृत्यु हुने चालक ,सहचालक,कन्डक्टर र मजदुरको परिवारलाई एकमुष्ट नगद रु १० हजार दिने,कुनै पर्व र उत्सव भएमा समितिको निर्णयअनुसार चन्दा उपलब्ध गराउने निर्णय गरिएको छ।
त्यसैगरी मजदुर संघले दिएको परिचयपत्र अनिवार्य हुनुपर्ने ,प्रत्येक दिनको रसिद अनिवार्य हुनुपर्ने ,रिजर्भ जाँदा अनिवार्य रुपमा रसिद हुनुपर्ने जसको मान्यता २४ घण्टा मात्र हुने ,कुनै किसिमको घटना भएमा १२ घण्टा भित्र सोको जानकारी गराउनुपर्ने ,पदाधिकारी प्रशासनिक कामको लागि जाँदा उक्त पदाधिकारीलाई खाना खर्च वापत प्रतिदिन ५ सयको दरले उपलब्ध गराइने , सम्पूर्ण भुक्तानी चेक द्वारा गरिने र डिउटीमा नरहेको अवस्थामा बसपार्कमा कुनै यातायात मजदुरले अनावश्यक झैझगडा गरेमा संघको कुनै जवाफदेहिता नहुने लगायतका निर्णय हुरु गरिएको कार्यालय प्रमुख चौधरीले जनाएको छ।
नजिकै गरेको होली पर्वको अवसरमा संघका नयाँ कार्यसमितिका पदाधिकारी सहितका यातायात मजदुरहरु एकआपसमा अवीर दलेर शुभकामना आदानप्रदान गर्दै होली समेत मनाएका थिए। कार्यक्रममा विशिष्ट अतिथी मलंगवा नगरकार्यपालिका सदस्य मुरारी पासवान लगायत यातायात मजदुरहरुको उपस्थिति रहेको थियो।