लाेकतनत्र समाचारदाता –
सर्लाही ६ चैत्र
भारतका दुईजना कुख्यात अपराधी सर्लाहीकाे बरहथवा नगरपालिकाबाट पक्राउ परेकाे छ ।
पक्राउ पर्नेमा भारत बिहार सीतामढी सैयारा ग्राम पञ्चायत बस्ने लक्ष्मण सिंहको छोरा वर्ष २८ का सन्नी कुमार सिंह र मोतीहारी गंगा पिपरा बस्ने अशोक राउतका २४ वर्षिय छोरा जितेन्द्र राउत रहेकाे छ ।
भारतीय अपराधी लुकेकाे छ, गोप्य सुचनाकाे अाधारमा सर्लाही प्रहरीले दुबैजनालाई पक्राउ गरेकाे प्रहरीले जनाएको छ ।
सर्लाहीको बरहथवा नगरपालिका वाड नम्बर ६ स्थित डेरा गरी बस्दै आएका दुबैजनालाई राति साढे ८ बजे प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी पुगेपछि जितेन्द्रले प्रहरीमाथि पनि गोली प्रहार गरेका थिए । अपराधीले चलाएकाे गाेलीबाट प्रहरी धनदै बचेकाे प्रहरीको भनाइ छ ।
बरहथवाबाट अपराधीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मलंगवा लैजाने क्रममा बाटोमा प्रहरी भ्यानबाट जितेन्द्र भाग्न खोजेका थिए ।
प्रहरी माथि कुटपिट तथा तछाडमछाड गरि अपराधी भागन खाजेपछि निजलाई समात्न प्रहरीले ५ राउन्ड गाेलाी प्रहार गरेकाे थियाे ।
साेही गाेली निजकाे दायाँबायाँ खुट्टामा लागेपछि निजलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
दुबै खुट्टामा गोलि लागेर घाइते जितेन्द्रको उपचार प्रादेशिक अस्पताल मलंगवामा सम्भव नभएपछि निजलाई थप उपचारका लागि जनकपुर पठाईएकाे प्रहरीले बताए ।
जितेन्द्रको साथबाट प्रहरीले मेडियन अमेरिका अटाेमेटिक पिस्तोल १ थान त्यसमा प्रयाेग हुने ९ एमएमका गाेली ५ पिस र एउटा खाेखा र म्यागजिन बरामद गरेकाे छ ।
प्रहरीले दिएकाे जानकारी अनुसार पक्राउ परेका दुबैजना सातिर अपराधी हुन ।
उनीहरू माथि भारतमा ४ वटा हत्या, डकैती र लागुअाैषध काराेवारमा मुद्दा दर्ता रहेकाे छ ।
भारतीय प्रहरीकाे खाेजी सुचिमा रहेका दुबैजनालाई सर्लाही प्रहरीले पक्राउ गरेकाे हाे ।
भारतमा लाेकसभाकाे निर्वाचन नजिकिँदै जादा भारतका कुखयात अपराधीहरूकाे वास स्थान नेपालकाे मधेश प्रदेश बनेकाे छ ।
मधेश प्रदेशका ८ जिल्ला भारतीय अपराधी हरूकाे मुख्य ठेगाना बनेकाे जानकारहरूकाे भनाई छ ।
केही दिन पहिला पनि राैतहटमा भारतीय अपराधीहरू हाथहतियार सहित पक्राउ परेकाे थियाे ।
हिजाे मात्र सर्लाहीमा पनि भारतीय कुखयात २ जना अपराधी बरहथवाबाट पक्राउ पर्नु चिन्ताकाे बिषय बनेकाे छ । मधेश प्रदेशका प्रहरी प्रशासन सुरक्षा सतर्कता अपनाएन भने यश प्रदेशमा हत्या हिंसामा बढाेतरी हुने प्रहरीकै भनाई छ ।