Loktantra Khabar National Weekly
Ad

मलंगवा स्थित राजदेबी मन्दिर र झिलमिलिया माईको मन्दिरमा तोडफोड गर्ने ब्यक्ति सार्वजनिक /घटनामा मलंगवाकै ब्यक्ति संलग्न

लोकतन्त्र खबर
१ चैत्र २०८०

मनोज यादव—
सर्लाही,चैत १

मंगलबार राती मलंगवा नगरपालिका वडा न-९ स्थित रहेको राजदेबी मन्दिर र वडा न-८ स्थित रहेको झिलमिलिया माईको मन्दिरमा तोडफोड गर्ने व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्दिर भित्रको मुर्तीलाई तोडफोड गरि क्षति पुर्याउने मलंगवा नगरपालिका वडा न-८ बस्ने वर्ष ३३ को राकेश बैठालाई सार्वजनिक गरेको छ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार मंगलबार साँझ करिब साढे ६ बजेको समयमा मलंगवा न.पा वडा न-९ र वडा न-८ स्थित रहेको राजदेवी माई र झिलमिलिया माईको मन्दिर भित्र रहेको मुर्ति तोडफोड भएको भनि प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट परिचालित प्रहरी टोली घटना स्थलमा खटी गई आवश्यक अनुसंधान तथा घटना स्थलमा रहेका सबुत प्रमाणको आधारमा बैठालाई नियन्त्रणमा लिएको हो।

निजको साथबाट मुर्ति तोड्नको लागि प्रयोग गरेको कत्ता र लिभर पनि बरामद भएको छ।

पक्राउ परेका बैठकलाई बुधबार जिल्ला अदालत मलंगवा सर्लाहीबाट ५ दिनको म्याद थप गराइ अनुसंधान भइरहेको म.प्र.प्र.कार्यालय जनकपुरधामका प्रवक्ता एवं प्रहरी उपरीक्षक महतोले जनाएको छ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ को धर्म सम्बन्धी कसुरमा धार्मिक स्थल वा पवित्र मानिएको स्थानलाई क्षती पुर्याउन नहुने ,धार्मिक भावनामा आघात पुर्याउन नहुने,धार्मिक रिति स्थितिमा बाधा पुर्याउन नहुने,धर्म परिवर्तन गराउन नहुने व्यवस्था रहेको र धर्म सम्बन्धी कसुरमा अधिकतम ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेकोले यस्ता कसुर गर्ने र गराउने ब्यक्ति जो कोहीलाई पनि कानुन बमोजिम हदैसम्मको कारवाही हुने उल्लेख गरिएको छ।

उक्त घटनाको विरोधमा बुधबार दिनभर मलंगवा बजार बन्द रहेका थिए भने मलंगवाबाट छुट्ने बस सेवा समेत ठप्प रहेका थिए।

प्रतिक्रिया दिनुहोस्: