काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ।
गएराति ६० वर्षीय उनको घरमै निधन भएको नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्यले जनाकारी दिइन्।
महर्जन ६ महिनादेखि लिभर क्यान्सरका बिरामी थिए।
उनको मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको थियो। बुधबार राति ६ बजे उनलाई घर पठाइएको शाक्यले बताइन्।
‘६ महिना अघि देखि लिभर क्यान्सरको बिरामी हुनुहुन्थ्यो। मेडिसिटीमा हुनुहुन्थ्यो। हिजो चिकित्सकले घर लानु भनेपछि ६ बजेतिर ल्याइएको थियो,’ उनले भने, ‘करिब १० बजेतिर उनको निधन भयो।’
उनको निधन भएपछि बिहीबार बिहान नगरपालिका भवन अगाडि श्रद्धाञ्जली अर्पण गर्न राखिएको थियो।
अन्त्येष्टिका लागि तयारी भइरहेको छ। उनको निधन भएपछि नगरपालिकामा आज शोक बिदा दिइएको छ।
यसअघि गत वैशाख १ गते वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारी दुर्घटनामा परी घाइते भएका थिए। पछि उनको उपचारको क्रममा निधन भएको थियो। नगरपालिकामा दुई वटा वडा वडाध्यक्ष खाली भएको छ। सेतोपाटी