Loktantra Khabar National Weekly
Ad

मलंगवा नगरपालिकाको ३७ औं स्थापना दिवस सम्पन्न वडाअध्यक्षहरु अनुपस्थित

लोकतन्त्र खबर
१८ फाल्गुन २०८०

मनोज यादव–
सर्लाही, फाल्गुन १८ । मलंगवा नगरपालिकाको ३७ औं स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि भब्यताका साथ सम्पन्न भएको छ । सर्लाही जिल्लाकै सबैभन्दा जेठो नगरपालिकाको पहिचान बोकेको मलंगवा नगरपालिकाले विविध कार्यक्रमहरुको आयोजना गरि आफ्नो ३७ औं स्थापना दिवस मनाएको हो ।

दिवसको अवसरमा नगरपालिकामा आधा दर्जन भन्दाबढी कार्यक्रमहरु गरिएको छ । स्थापना दिवस मनाउने क्रममा खुल्ला म्युजिकल चेयर प्रतियोगिता, संचारकर्मी र नगरपालिकाका कर्मचारीहरु बिच गाग्रो फुटाउने प्रतियोगिता,सामुदायिक र संस्थागत विद्यालय बिच निमावि स्तरिय हाजिरी जवाफ प्रतियोगिता, बृहत् नगर सरसफाइ गीत तथा नृत्य प्रतियोगिता, पुरस्कार तथा सम्मान लगायतका कार्यक्रमहरुको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी दिए ।

शुक्रवार नगरपालिकाको प्रांगणमा सम्पन्न भएको कार्यक्रमको उद्घाटन नगरप्रमुख नागेन्द्र प्रसाद यादव र मधेस प्रदेश सांसद कौशल किशोर रायले संयुतm रुपमा गमलामा ५ वटा फुलको बिरुवा रोपेर उद्घाटन गरेका थिए ।

यधपी मलंगवा नगरपालिका आफनो स्थापना दिवसको समापन समारोह मनाई राख्दा कार्यक्रममा मलंगवा नगरपालिकाबाट निर्वाचित एउटा पनि वडाअध्यक्षहरुको कार्यक्रमा सहभागिता देखिएन । मलंगवा नगरपालिकामा जम्मा १२ वटा वडाहरु रहेपनि कार्यक्रममा एउटा पनि वडाध्यक्षहरु सहभागिता नजनाएपछि कार्यक्रम खल्लो लागेको तथा सबै जनप्रतिनिधी उपस्थित नभएपछि कार्यक्रम उदास देखिएको स्थानीयहरुले बताएका थिए ।

नगरप्रमुख यादवको अध्यक्षता, मधेस प्रदेश सांसद रायको प्रमुख आतिथ्यता, नगर उपप्रमुख शकुन्तला देवी साह तथा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको विशिष्ठ आतिथ्यता तथा कर्मचारी, पत्रकार विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र नगरबासीहरु लगायतको उपस्थितिमा नगरपालिकाले ३७ औं स्थापना दिवस भब्यताका साथ मनाएको सूचना अधिकृत एवं कार्यक्रमका संचालक राजकुमार अधिकारीले जानकारी दिए । नगरको स्थापना दिवसकै अवसरमा शुक्रवार नगरपालिका भित्र सार्वजनिक बिदा समेत दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्: