Loktantra Khabar National Weekly
Ad

पहिलो टी-२० आईमा नामिबियासँग नेपाल पराजित

लोकतन्त्र खबर
१५ फाल्गुन २०८०

काठमाडौं  फागुन १५, त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।

लोफ्टी इटनले १०१ रन बनाए । त्यसक्रममा उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडेका छन् ।

मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर सबभन्दा कम बलमा १०० रनको रेकर्ड बनाएका थिए ।

लोफ्टी इटनले ३३ बलमै शतक पूरा गर्ने क्रममा ११ चौका र ८ छक्का हानेका छन् । मुलान क्रुगरले ५९ रन बनाए भने माइकल भान लिंगेनले २० रन बनाए ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक/एक विकेट लिए । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: