Loktantra Khabar National Weekly
Ad

सरकारले बोलाएको वार्तामा किन गएनन् मिटरब्याज पीडित?

लोकतन्त्र खबर
१४ फाल्गुन २०८०

सरकारले मिटरब्याज पीडितसँग सोमबार हुने भनिएको वार्ता रोकिएको छ।

गृह मन्त्रालयले सोमबार ११ बजे बोलाएको वार्तामा मिटरब्याज पीडित गएनन्।

बिहानदेखि प्रहरीले भृकुटीमण्डपमा बस्न नदिने भन्दै पटक-पटक त्यहाँबाट हटाउन खोजेपछि आफूहरू वार्तामा नगई बसेको मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले जानकारी दिए।

‘समितिका प्रतिनिधि वार्तामा जाँदा हटाउन सक्ने भएकाले नगई बसेका हौं,’ उनले भने, ‘बस्नका लागि अन्य कुनै ठाउँ दिए हामी हट्थ्यौं।’

अहिले भृकुटीमण्डपमा ६/७ सय पीडितहरू बसिरहेका छन्।  होटलमा बसेर सरकारको अन्यायविरूद्ध लड्न सक्दैनन्। त्यसैले सरकारले बस्नका लागि निश्चित ठाउँ नदिएसम्म आफूहरू कतै नजाने उनीहरूको अडान छ।

उनीहरू माघ १६ गतेदेखि पैदलयात्रा गरेर शुक्रबार काठमाडौंको भद्रकालीमा आइपुगेका थिए। सोही दिनदेखि मिटरब्याज पीडितहरू भृकुटीमण्डपमा बस्दै आएका छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: