Loktantra Khabar National Weekly
Ad

फुड डेलिभरी गर्नेमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

लोकतन्त्र खबर
१४ फाल्गुन २०८०

फुड डेलिभरी गर्ने व्यक्तिहरूमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

रातिको समयमा फुड डेलिभरी गर्नेमाथि कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काभ्रे चौंरीदेउराली गाउँपालिका-९ बस्ने २९ वर्षीय यानकुमार लामा र दोलखा मेलुङ गाउँपालिका-४ बस्ने २९ वर्षीय मधुकर गोले छन्। उनीहरूलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

उनीहरू बालाजु बसपार्कस्थित रक डान्सबारका संचालकहरू हुन्।

उनीहरूले विभिन्न मितिमा विशेषगरी रातमा अनलाइन फुड डेलिभरी गर्ने व्यक्तिहरूलाई डर, धाक-धम्की देखाएर लुटपाट एवं कुटपिट गरेको आरोप छ।  सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: