Loktantra Khabar National Weekly
Ad

गाेडैता नगरपालिकामा १६ गते बाट दादुरा/रुबेला खोप अभियान सुरु हुने

लोकतन्त्र खबर
१३ फाल्गुन २०८०

सर्लाही,१२ फागुन

सर्लाहीकाे गाेडैता नगरपालिकामा फागुन १६ गते देखि दादुरा/रुबेला खोप अभियान सुरु हुने भएको छ । फागुन १६ गतेबाट गाेडैता नगरपालिकामा रहेको १२ वटै वडा बाट दादुरा/रुबेला खोप अभियान सुरुगरिने गाेडैता नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शहाबुदिन मिकरानीले जानकारी दिनुभयो ।

गाेडैता नगरपालिकाकाे १२ वटा वटै वडा गरि २ हजार ४ सय जना बालबालिकाहरूमा दादुरा/रुबेला विरुद्धको खोप दिइने स्वास्थ्य कार्यालय प्रमुख मिकरानीले बताउनु भयो । दादुरा/ रूबेला खोप ९ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुलाई प्रदान गरिने छ ।दादुरा/रुबेला खोप फागुन १६ गते सुरु भई २२ गते सम्म सम्म सम्पन्न गरिने लक्षय रहेकाे पालिकाले जनाएको छ । खोप संचालन गर्नु पुर्व स्वास्थ्य चौकीका कर्मचारी, महिला स्वयंसेविका, शिक्षकहरुलाई तालिम प्रदान गरि सकेकाे पालिकाले जनाएको छ । अाईतवार गाेडैता नगरपालिका सर्लाही नगरप्रमुख देवेन्द्र यादवकाे अध्यक्षतामा एक कार्यक्रमकाे अायाेजना गरि स्वास्थ शाखा प्रमुख मिकरानीले पालिकाकाकाे १२ वटै वडामा खाेप अभियान संचालन हुने बताउनु भयाे ।

बीस २०३४ साल देखि नेपालमा राष्ट्रिय खोप कार्यक्रम सुरु भएको र सो कार्यक्रम मार्फत १३ थरीका एन्टीजेन खोप बालबालिकालाई दिन सुरु गरिएको गाेडैता नगरपालिकाका स्वास्थ निरिक्षक प्रभात झाले बताउनु भयाे । वहाले थपदै भने नेपालमा नियमित खोप १५ महिना सम्मका बालबालिकालाई १६ हजार भन्दा बढी खोप केन्द्र मार्फत खोप लगाउने गरिनछ।

अहिले पनि १६ प्रतिशत बालबालिका पूर्ण खोप बाट बञ्चित छने भने ४% बालबालिका शुन्य डोजमा रहेको छ । हाल सर्लाही जिल्ला भरी ७ सय २० वटा नियमित खोप केन्द्रहरु रहेकाे निरिक्षक झा काे भनाई थियाे ।

गाेडैता नगरपालिकामा हुने दादुरा/रुबेला खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रममा गाेडैता नगरपालिकाका उपप्रमुख अंजना कुशवाहा, वडाअध्यक्षहरू साेजित महताे, अजय प्रसाद साह, विजय प्रसाद यादव, राजाराम प्रसाद साह, प्रकाश प्रसाद गुप्ता, सचिन्द्र महताे, विनेश कुमार दास, मिरेनद्र किशाेर झा, दशै सहनी, बैधनाथ मण्डल, बिश्वानाथ पंडित, केशव कुमार, महेन्द्र कुशवाहा, प्रमाेद कुमार यादव लगायत जनप्रतिनिधि तथा कर्मचारीहरू सहित वडा नम्बर एक देखि १२ वटै वडाका वडाअध्यक्षहरूकाे अभिमुखिकरण कार्यक्रममा सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्: