Loktantra Khabar National Weekly
Ad

बलात्कारका फरार अभियुक्तलाई पक्राउ गरी प्रहरीले पठायो सुधार गृह

लोकतन्त्र खबर
१२ फाल्गुन २०८०

बलात्कार मुद्दामा १३ वर्ष कैद सजाय तोकिएका बर्दियाका एक किशोर पक्राउ परेका छन्।

उच्च अदालत तुलसीपुर नेपालगंज बाँकेले असार २५ गते ती किशोरलाई १३ वर्ष कैद, पाँच हजार जरिवाना र ५० हजार क्षतिपूर्ति भराउन फैसला सुनाएको थियो ।

त्यसयता लुकिछिपी बस्दै आएका ती किशोरलाई प्रहरीले पक्राउ गरी फागुन १० गते जिल्ला अदालतमा उपस्थित गराएको थियो।

अदालतले उनलाई नाबालक ठहर गरेपछि बाल सुधार गृह नेपालगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कमलप्रशाद चौधरीले जानकारी दिए । सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: