Loktantra Khabar National Weekly
Ad

सडकमै सुतेर किसानले गरे आन्दोलन

लोकतन्त्र खबर
११ फाल्गुन २०८०

दाङमा रहेका स्वर्गद्वारी गुठी पीडित मोही किसानहरूले सडकमै सुतेर आन्दोलन गरेका छन्।

उनीहरूले आज जिल्ला प्रशासन कार्यालयको गेटअगाडि देखि आन्दोलन सुरू गरेका थिए। त्यहाँबाट उनीहरू तुलसीपुर चोकमा आएर झण्डै आधा घण्टा सुतेर विरोध प्रदर्शन गरेका थिए। झन्डै चार/पाँच सयको हाराहारीमा किसान उपस्थित छन्। आन्दोलन क्रममा केहीबेर सडक अवरूद्ध समेत भएको थियो।

स्वर्गद्वारी आश्रम प्युठानको नाममा दर्ता स्रेस्ता कायम भई दाङमा रहेको सात सय ५३ बिगाहा जग्गामा मोही भरेका किसानले मोहियानी हक नपाएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सुरू गरेका हुन्।

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले यसअघि मोहियानी हकका लागि विभिन्न चरणका आन्दोलन भई सरकारसँग धेरै पटक सम्झौता भए पनि त्यसको कार्यान्वयन नभएको हुँदा चरणबद्ध आन्दोलन सुरू गर्नु परेको बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: