Loktantra Khabar National Weekly
Ad

समावेशी तथा गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि NCE Nepal ले मलंगवा र कौडेनालाई बुझाए सुझाव पत्र

लोकतन्त्र खबर
१० फाल्गुन २०८०

मनोज यादव—
सर्लाही,फाल्गुन १०

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसिई-नेपाल)ले समावेशी शिक्षाका विषयमा विभिन्न सरोकारवालाहरु सँग छलफल गरि संविधानको मर्म अनुरुपको समावेशी तथा गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि सर्लाहीको मलंगवा नगरपालिका र कौडेना गाउँपालिकालाई सुझवा पत्र बुझाएको छ।

ती दुवै स्थानीय तहलाई बुझाएको सुझाव पत्रमा आर्थिक रुपमा विपन्न विपन्न दलित र सिमान्तकृत बालिकाहरुको विद्यालय शिक्षा पहुँचको लागि शिक्षा बजेटमा लैंगिक समानता सुनिश्चित गर्नुपर्ने ,बालिका तथा समावेशी शिक्षा संजाल कार्यविधि निर्माण तथा कार्यान्वयनका लागि आवश्यक पहल गर्न,अपांगता भएका बालबालिकाहरुको पहिचान गरि सम्बन्धित विद्यालयमा भर्ना गर्न र उनीहरूको प्रकृति अनुसारको सहयोगी सेवा प्रदान गर्न साथै आवश्यक निति र सन्दर्भ सामाग्री वा मार्गनिर्देशन तयार गरि लागू गर्न,उनीहरूलाई विशेष शिक्षाको माध्यमबाट गुणस्तरीय विद्यालय शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने,अपांगमैत्री भौतिक पुर्वाधार तथा तालिम प्राप्त शिक्षकहरुको व्यवस्थापन साथै समावेशी ,समन्यायिक,सुरक्षित र स्वास्थ्य विद्यालयको अवधारणा कार्यान्वयन साथै छात्र तथा छात्राहरुको लागि अलग-अलग पहुँचयुक्त शौचालयको व्यवस्था गर्न,दिवा खाजाको समयमा अपांगता भएका बालबालिकालाई लेफ्टी कर्नरको व्यवस्थापन गर्नुपर्ने,विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघमा समावेशी शिक्षा लगायत अपांगता भएका विद्यार्थीहरुको शिक्षण सिकाईका बारेमा छलफल गर्नुपर्ने साथै विद्यालय व्यवस्थापन समितिलाई निश्चित मापदण्ड बनाइ अपांगता भएका बालबालिकाहरुको शिक्षा प्रति उत्तरदायी हुने प्रणालीको विकास गर्नुपर्ने ,अपांगता भएका बालबालिकालाई पढाउन शिक्षकहरुको लागि सोही अनुरुपको तालिमको व्यवस्थापन गर्नुपर्ने तथा सामुदायिक विद्यालयमा रहेका समस्याको।न्युनिकरण र सिमान्तकृत समुदायको शिक्षक व्यवस्थापनलाई प्राथमिकता दिएर योजना बनाइ अगाडी बढ्नुपर्ने लगायतका बुँदाहरु उल्लेख गरिएका छन्।

यो सँगै कुनैपनि प्राकृतिक वा अप्राकृतिक विपत अथवा अपात्कालिन अवस्थामा विद्यालयको शैक्षिक क्रियाकलाप अवरुद्ध हुन नदिन र सिकाइलाई निरन्तरता दिन प्रयाप्त श्रोतहरु परिचालन गर्न र शिक्षामा बजेट व्यवस्थापन गर्न एनसिइ नेपालका सर्लाही जिल्ला संयोजक राजेश पासवानसहितका टोलीले पालिका प्रमुखलाई बुझाएको सुझाव पत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्: