Loktantra Khabar National Weekly
Ad

आयोगका उपाध्यक्ष नेतृत्वको टोली बैंकक प्रस्थान

लोकतन्त्र खबर
८ फाल्गुन २०८०

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डल थाइल्याण्डको बैंकका प्रस्थान गरेको छ।

एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली बैंकक प्रस्थान गरेको हो।
उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा. रामकुमार फुयाल, सचिव  तोय नारायण ज्ञवाली, सहसचिव महेश भट्टराई लगायतको टोली रहेको छ।

बैंककस्थित संयुक्त राष्ट्र संघको सम्मेलन केन्द्रमा मंगलबारदेखि शुक्रबारसम्म चल्ने कार्यक्रममा दीर्घकालिन सोचका लक्ष्यहरू १, २, १३, १६ र १७ को समीक्षा समेत हुँदैछ। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: