Loktantra Khabar National Weekly
Ad

महिलाको अश्लिल भिडिओ खिचेको आरोपमा सशस्त्रका डिएसपी पक्राउ

लोकतन्त्र खबर
७ फाल्गुन २०८०

महिलाको अश्लिल भिडिओ खिचेको आरोपमा प्रहरीले सशस्त्र प्रहरी बल (एपिएफ) का डिएसपीलाई पक्राउ गरेको छ।

प्रहरी वृत्त स्वयम्भूले डिएसपी तुलसिंह केसीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

शनिबार राति केसीले हलचोकस्थित न्यू इभान पोइन्ट रेष्टुरेन्टमा महिलाको भिडिओ खिचेको आरोप छ।

उनले भिडिओ खिचेको भन्दै उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो।

पोखरास्थित नम्बर ४ बाहिनीमा कार्यरत उनी बिदामा थिए।

कसैको अनुमति बिना तस्बिर वा भिडिओ खिच्न नपाइने भन्ने कसुरमा म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको हो।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: