Loktantra Khabar National Weekly
Ad

नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता

लोकतन्त्र खबर
३ फाल्गुन २०८०

काठमाडौं फागुन ३ , आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाको पहिलो विकेट गएको छ ।

ललित राजवंशीले नामिबियाका निको डाभिनलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।

स्पिनर ललितको बलमा ठूलो सट खेल्ने धुनमा १५ रन बनाएका डाभिन सहजै क्याच भए । उनी आउट हुँदा नामिबियाले ५.३ ओभरमा २७ रन बनाएको छ ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो । नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१ र करण केसीले रन बनाए । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: