Loktantra Khabar National Weekly
Ad

धनुषामा एक महिलाको शव फेला

लोकतन्त्र खबर
१८ मंसिर २०८०

जनकपुरधाम  मंसिर १८, धनुषामा एक महिलाको शव फेला परेको छ । मिथिला नगरपालिका–५ स्थित औरही खोलाको पश्चिम किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो ।

आइतबार अपराह्न ५ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव सड्ने अवस्थामा पुगिसकेकाले २÷३ दिनअघि मृत्यु भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकुमार साहले जानकारी दिए ।

मृतक महिलाको अहिलेसम्म पहिचान खुलेको छैन । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले बताए । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: