Loktantra Khabar National Weekly
Ad

फिल्म ‘पूजार सार्की’ का लागि अभिनेत्रीको खोजी

लोकतन्त्र खबर
१३ मंसिर २०८०

दिनेश राउतको निर्देशनमा बन्ने फिल्म ‘पूजार सार्की’ का लागि अभिनेत्रीको खोजी गरिएको छ।

बुधबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै कास्टिङ कलको बारेमा जानकारी दिएका हुन्। २० देखि २२ वर्ष उमेरकी मंगोलियन अनुहार भएकी अभिनेत्री आवश्यक भएको बताइएको छ।

फिल्म माघको पहिलो साताबाट छायांकनमा जाने तयारीमा रहेको निर्देशक राउतले बताएका छन्।

फिल्म निर्माण घोषणा गरिएपनि कलाकारको नाम सार्वजनिक गरिएको छैन। किङडम नेटवर्क प्रोडक्सनबाट बन्ने फिल्ममा सुभाष भुषालको लगानी रहनेछ।

फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्। राउत र सुवेदीले यसअघि फिल्म ‘प्रकाश’ मा सहकार्य गरेका थिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: