Loktantra Khabar National Weekly
Ad

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

लोकतन्त्र खबर
१३ मंसिर २०८०

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका-११ बेलास्थित सडकमा से.२ प २६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-५ बस्ने ३८ वर्षीय खेम चौधरीको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याइएको केहीबेरमा उनको मृत्यु भएको हो।

दुर्घटनाबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: