Loktantra Khabar National Weekly
Ad

पोखरामा सुन पसलको ताला काट्दै गर्दा एक बालक पक्राउ

लोकतन्त्र खबर
१० मंसिर २०८०

काठमाडौं मंसिर १० , पोखरामा शनिबार राति एक सुन पसलको ताला काट्दाकाट्दै बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपा गाउँपालिकाका १८ वर्षीय एक बालक छन् ।

राति करिब १२ बजेको समयमा पोखरा ९ न्युरोडमा रहेको स्याङ्जा ज्वयलर्स तथा सुनचाँदी पसलको सटरको ताला काट्दै गर्दा ती बालक पक्राउ परेका थिए ।

उनलाई सिभिआर चिप्लेढुंगा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । ती बालकबाट २ थान हेक्सा ब्लेड र एक थान काटिसकेको तालासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

चोरी उद्योग मुद्दामा उनलाई अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: