Loktantra Khabar National Weekly
Ad

अछामका दिपेन्द्रबहादुर शाहीको हत्या आरोपमा एक महिला पक्राउ

लोकतन्त्र खबर
२३ कार्तिक २०८०

काठमाडौं कात्तिक २३ , अछामको पञ्चदेवल विनायक नगरपालिका बडा नं.-८ का दिपेन्द्रबहादुर शाहीको हत्या आरोपमा काठमाडौंमा एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा शाहीका छिमेकी लक्ष्मी सुनार रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुनारलाई काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको कार्यालयमा प्रवक्ता प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए ।

सुनारसहितले शाहीको कात्तिक १७ गते हत्या गरेको प्रहरीको आरोप छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: