Loktantra Khabar National Weekly
Ad

फार्मेसी सहायक पदको परीक्षामा सहभागी सबै फेल

लोकतन्त्र खबर
२२ कार्तिक २०८०

काठमाडौं कात्तिक २२ , फार्मेसी सहायक पदका लागि लिएको परीक्षामा एक जना पनि उत्तीर्ण नभएको लोक सेवा आयोगले जनाएको छ ।

आयोगको जलेश्वर कार्यालय र पोखरा कार्यालयले लिएको लिखित परीक्षामा कोही पनि उत्तीर्ण नभएका हुन् ।

आयोगले जारी गरेको सूचनाअनुसार जलेश्वर कार्यालयमा खुलातर्फ एक जना सहायक फार्मेसी पदको विज्ञापन खुलेकोमा लिखित परीक्षामा १३ जना सहभागी भएका थिए ।

यसैगरी पोखरा कार्यालयमा महिला कोटामा १ जनाको माग भएकोमा लिखित परीक्षामा ३ जना सहभागी भएका थिए ।

तर कोही पनि उत्तीर्ण नभएको आयोगले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: