Loktantra Khabar National Weekly
Ad

भूकम्पका घाइते र कुरुवालाई सुर्खेत आउजाउ गर्न निःशुल्क यातायात सेवा

लोकतन्त्र खबर
२० कार्तिक २०८०

काठमाडौं कात्तिक २० , सुर्खेतबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा जाने र आउने घाइते तथा कुरुवालाई निःशुल्क यातायात सुविधा उपलब्ध हुने भएको छ ।

सुर्खेतस्थित संयुक्त यातायात व्यवस्थापन कमिटिको बैठकले यस्तो निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कर्णाली प्रदेश संयोजक रमेशकुमार सापकोटाले जानकारी दिए ।

उनकाअनुसार जाजरकोट र रुकुमबाट आउने जाने घाइते र साथमा बस्ने कुरुवालाई निशूल्क यातायात सुविधा दिने निर्णय भएको हो ।

कमिटिले प्रभावितका लागि ५ लाख बराबरको दैनिक उपभोग्य खाद्यान्न सामग्री समेत सहयोग गर्ने निर्णय भएको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: