Loktantra Khabar National Weekly
Ad

युएईले टस जित्यो, नेपाललाई बलिङको निम्तो

लोकतन्त्र खबर
१७ कार्तिक २०८०

  प्लेइङ ११ मा दीपेन्द्र सिंह ऐरी पनि

काठमाडौं  कात्तिक १७, आईसीसी टी२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएई विरुद्ध पहिले बलिङ रग्ने भएको छ ।

मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । यस खेलको विजेता टोली फाइनल पुग्दै अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।

नेपाली टिममा आज एक परिवर्तन गरिएको छ । सन्दिप जोराको स्थानमा दीपेन्द्र सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ । पहिलो खेलमा सिंगापुरसँग प्लेइङ ११ मा रहेपनि खेलअघि वार्मअपका क्रममा घाइते भएपछि दीपेन्द्रले समूह चरणको तीनवटै खेल गुमाएका थिए ।

समूह ए अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित हुँदै उपविजेता बनेपछि नेपालले मुलपानी मैदानमा खेल्नु पर्ने भएको हो । मुलपानी मैदानमा क्यानले ३ हजार ५०० टिकट मात्र बेचेको छ ।

टी२० विश्वकप छनोट अघि तयारी स्वरुप भएको त्रिकोणात्मक टी-२० शृखंलामा नेपाल र युएईबीच लिग चरणको दुई खेल मुलपानी क्रिकेट मैदानमै भएको हो । जहाँ नेपालले दुवै खेल जितेको थियो । तर टीयू मैदानमा भएको फाइनल खेल भने युएईले जितेको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: