Loktantra Khabar National Weekly
Ad

श्रीमती हत्या आरोपमा युवक पक्राउ

लोकतन्त्र खबर
१५ कार्तिक २०८०

काठमाडौं कात्तिक १५ ,  कपिलवस्तुमा श्रीमती हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । कपिलवस्तुको मायादेवी गाउँपालिका-८ बरकुलका २६ वर्षका विनयकुमार चमार श्रीमती सन्ध्या चमारको हत्या आरोपमा पक्राउ परेका हुन् । ८ कात्तिकमा सन्ध्याको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार पक्राउ परेका विनयकुमारले मालाले घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ । उनीमाथि कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: