काठमाडौँ । नेपालले एसीसी यू- १९ प्रिमियर कपमा शानदार शुरुवात गरेको छ । यू-१९ प्रिमियर कपमा विहिबार नेपालले इरानलाई २७४ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।
नेपालले दिएको ३५४ रनको बिशाल लक्ष्य पछाएको इरानले ३०.५ ओभरमा अल आउट हुदै ७९ रन मात्र बनाएपछि नेपालले खेल २७४ रनले जितेको हो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरको नेपाल ४०.१ ओभरमा अल आउट हुदै ३५३ रन बनाएको थियो ।
नेपालका लागि कप्तान देव खनालले शतकीय पारी खेलेका थिए । देवले ६० बलमा आफ्नो शतक पुरा गरेका थिए । त्यस्तै दीपक बोहोराले ६५ रन बनाएका थिए भने दिपक डुम्रेले ६९, दिपेस कडेलले २९, हेमन्त धामीले २३, सुबास भण्डारीले अविजित १८ र आकास चन्दले अविजित १९ रन बनाएका थिए ।
त्यसैगरी इरानका बलर सलमान नियाजमण्ड र डाड्रहमान राएइसीले ३-३ विकेट लिएका थिए । त्यस्तै समान सेइखी र जेइद राएइसीले २-२ विकेट लिएका थिए ।
नेपालले अर्को खेल असोज २८ गते बहराइनविरुद्ध र कार्तिक २ गते साउदी अरेविया खेल्ने छ । त्यस्तै सेमिफाइनलका खेल कार्तिक ५ गते हुने छ भने फाइनल र तेस्रो स्थानको खेल कार्तिक ७ गते हुनेछ ।
नेपालको टोली: देव खनाल(कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा । खरीबोट